१२ साउन २०८३, मंगलबार

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

माघ ९, २०८१
काठमाडौं
राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिन नहुने बताएका छन् । 

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयक संवाद गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कुनै पनि देशबाट ऋण लिँदा देशलाई नकारात्मक भारमा नपर्नेगरी लिनुपर्नेमा जोड दिएका हुन् । 

“हाम्रो देश–भारत र चीनको बीचमा छ, त्यसको असर पनि हामीलाई पर्दछ”, सभापति देउवाले भने । उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको बताए । 

उपसभापति धनराज गुरुङले दातृ निकायबाट ऋण लिने र कार्यान्वयन नहुने पद्धतिको अन्त्य हुनुपर्नेमा जोड दिए । 

महामन्त्री गगनकुमार थापाले देशको आर्थिक नीतिका विषयमा पार्टीभित्रको छलफललाई बृहत् बनाउँदै नीतिगत व्यवस्थाका लागि सबै राजनीतिक दलहरु र संसद्मा बहस चलाइने बताए । 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीतिका सन्दर्भमा देशको रणनीति महत्त्वपूर्ण रहने उल्लेख गरिन् । 

विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले वैदेशिक सहयोगको अवस्था विश्लेषण गर्दै हाल नेपालमा वैदेशिक ऋण रु एक हजार दुई सय ५३ अर्ब  हाराहारीमा रहेको जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्