०७ असार २०८३, आइतबार

सरकारप्रति हाम्रो कुनै रुचि छैन: प्रचण्ड

माघ १०, २०८१
काठमाडौं
सरकारप्रति हाम्रो कुनै रुचि छैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । 

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न नखोजेको बताए । 

देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए । 

सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजेको भन्दै उनले विरोध जनाए । 

अब विपक्षी दलहरूले संसद्‌मा जनताका एजेन्डा प्रभावकारीरूपमा उठाउने उनले बताए ।

पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मेहनतका साथ लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्