०३ असार २०८३, बुधबार

टिकेन शेयर बजारको वृद्धि, ११ अंकले घट्दा पौने ८ अर्बको कारोबार

माघ १०, २०८१
काठमाडौं
टिकेन शेयर बजारको वृद्धि, ११ अंकले घट्दा पौने ८ अर्बको कारोबार

अघिल्लो दिन ५२ अंकले बढेको शेयर बजारमा बिहीबार गिरावट आएको छ ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.१० अंकले गिरावट आएर २६५४.३५ बिन्दुमा कायम भएको छ ।

बिहीबार कारोबारमा आएकामध्ये १५० कम्पनीको शेयर मूल्य घटेको छ भने ८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

७ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन । बिहीबार कारोबार रकम पनि घटेर ७ अर्ब ८५ करोडमा सीमित भएको छ ।

आजको गिरावटमा सबैभन्दा धेरै योगदान फाइनान्स (२.४२) प्रतिशतको रह्यो ।

अन्य समूहमा नेप्सेकै औसतमा गिरावट हुँदा विकास बैंक र म्यानुफ्याक्चरमा सामान्य वृद्धि देखियो ।

salt training

कमेन्ट गर्नुहोस्