
काठमाडौंको असन अन्नपूर्ण मन्दिर पछाडी आगलागी भएको छ ।
बिहीबार दिउँसो करिब तीन बजेर १७ मिनेटमा आगलागी भएको हो । घरायसी समान बिक्री गर्ने पसलमा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता, डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।
उनका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरी,सेना र सशस्त्र प्रहरीले आगो निभाउने काम गरिरहेका छन् ।
जुद्ध वारुणयन्त्र र प्रहरीको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ । आगलागीबाट अहिलेसम्म के कस्तो क्षति भयो भन्ने विवरण नआइसकेको डीएसपी चन्दले जानकारी दिइन् ।

प्रत्यक्षदर्शी अशोक बाँस्कोटाका अनुसार आगालागी नियन्त्रणका लागि सुरक्षाफौज खटिएपनि नियन्त्रणमा आउन सकेको छैन ।
अहिले महानगरको प्रहरी टोली पनि घटनास्थलमा पुगेको छ । उनका अनुसार नीजि पानीका ट्यांङकरबाट पनि आगो नियन्त्रणको प्रयास जारी छ ।