०४ साउन २०८३, सोमबार

'पद्मावती'को भविष्य के होला ? रिलिजमा आशंका कायमै

'पद्मावती'को भविष्य के होला ? रिलिजमा आशंका कायमै

काठमाडौं, ३ मंसिर — दीपिका पादुकोणको चलचित्र पद्मावती मंसिर १५ गते रिलिज हुनुपर्ने हो तर अनेकौं विवादका कारण फिल्म रिलिज हुने छाँट छैन । 

राजपूत करणी सेनाले इतिहासलाई बंग्याएर देखाइएको भन्दै फिल्म रिलिज गर्न नदिने धम्की दिइरहेको छ । सत्तारूढ भारतीय जनता पार्टी र भारतीय कांग्रेस पार्टीका नेताले पनि भोट बैंकका लागि फिल्मको विरोध गरिरहेका छन् । 

डिसेम्बरमा गुजरातमा विधानसभा निर्वाचन हुन गइरहेकाले भोट बैंकको राजनीति भइरहेको छ । राजस्थानमा राजपूतहरू धेरै हुनाले विरोध हुनु स्वभाविक हो तर राजस्थानपछि गुजरातमा नै सबभन्दा बढी विरोध भइरहेको छ । 

नेताले जनताको भावनाविरुद्ध जान सक्ने स्थिति छैन । अझ राजस्थानमा अर्को वर्ष चुनाव छ । 

राजस्थानमा लगभग ४५ लाख राजपूत छन् । सत्तामा उनीहरूको राम्रो पकड छ । 

राजस्थानकी मुख्यमन्त्री वसुन्धरा राजेले केन्द्रीय सूचना प्रसारण मन्त्री स्मृति इरानीलाई पत्र लेख्दै भनिन्, ‘पद्मावती फिल्मलाई सर्टिफिकेट दिनुअघि सेन्सर बोर्डले सम्भावित सबै नतिजामाथि विचार गर्नुपर्छ । इतिहासकार, फिल्म विशेषज्ञ र राजपूत समुदायका व्यक्तिहरू सम्मिलित समिति बनाइनुपर्छ । उनीहरूले फिल्म हेरेर आवश्यक परिवर्तन गरी कुनै पनि समुदायको भावना आहत नहोस् भनी विचार पु–याउनुपर्छ ।’

उता सेन्सर बोर्डका अध्यक्ष प्रसून जोशीले पत्रकारहरूलाई बताए, ‘सेन्सर बोर्डले अहिलेसम्म फिल्म हेरेको पनि छैन र सर्टिफिकेट पनि दिएको छैन । फिल्मनिर्माताहरूले प्राइभेट स्क्रीनिङ गरेर राष्ट्रिय च्यानलहरूमा फिल्मको समीक्षा गराउनु खेदजनक छ । एकातिर फिल्म रिलिजको प्रक्रिया छिट्टो बढाउन सेन्सर बोर्डमाथि दबाब दिइँदैछ अनि अर्कातिर बोर्डको प्रक्रियालाई नै मिचिँदैछ ।’

राजस्थानमा करणी सेना, भाजपा नेताहरू र हिन्दूवादी संगठनहरूले फिल्ममा इतिहाससँग खेलवाड गरिएको बताएका छन् । रानी पद्मिनी र आक्रमणकारी खिलजीबीच इन्टिमेट सीन देखाएर राजपूतहरूको भावनामा चोट पु–याइएको उनीहरू बताउँछन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्