१७ असार २०८३, बुधबार

विमानस्थलबाट एयरगनसहित एक जना पक्राउ

माघ १०, २०८१
काठमाडौं
विमानस्थलबाट एयरगनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरगनसहित एक जना पक्राउ परेका छन् । 

बिहीबार दिउँसो काठमाडौंबाट ढाका उड्न लागेका भारतीय नागरिक ४४ वर्षीय मोहम्मद निजामुद्दिनलाई प्रहरीले सुरक्षा जाँचको क्रममा एयरगनसहित नियन्त्रणमा लिएको हो । 

विमानस्थल सुरक्षा प्रमुख, एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनी हिमालयन एयरलाइन्सको जहाजबाट ढाका उड्ने तयारीमा उनी थिए। 

पक्राउ परेका निजामुद्दिनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको एसएसपी राठौरले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्