काठमाडौँ, ५ माघ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो। तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन भने नसकेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताइरहेको छ। तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैन।
उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन ।
सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन्- हामीले अनुसन्धान जारी राखेका छौं।
सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ।