
काठमाडौं, ३ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरा प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् ।
अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको प्रकाशको शवमा आखाभरि आँशु लिएर प्रचण्डले पार्टीको झण्डा ओडाएका थिए । श्रद्धान्जलीका लागि माओवादी केन्द्रका नेता, कार्यकर्ता, अन्यदलका नेता, शुभेच्छुक र शुभचिन्तकको बाक्लो उपस्थिति रहेको छ ।

एक मात्र छोरा प्रकाश आज निधन भएको थियो । हृदयघातका कारण निधन भएका दाहालको उपचारको लागि अस्पताल ल्याइएको भएपनि त्यसबेलासम्म उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
झापामा रहेका प्रचण्ड आएपछि दाहालको शवलाई पार्टी मुख्यालय लगिएको हो । दाहाललाई आजै ४ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । 
तस्वीर-काठमाडाैं टुडेबाट