२३ असार २०८३, मंगलबार

करेन्ट लागेर १ जनाको मृत्यु

माघ १८, २०८१
गोरखा
करेन्ट लागेर १ जनाको मृत्यु

गोरखामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।​

भीमसेनथान गाउँपालिका- ४ गैरागाउँका ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही गाउँपालिका- ४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्