
मन्त्री र नेताहरूले बोल्ने क्रम नसकिएपछि नेपाली कांग्रेसको संसदीय दलको बैठक माघ २४ गतेसम्मका लागि स्थगित भएको छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पार्टी पदाधिकारी, नेता र मन्त्रीले बोल्ने क्रम नसकिएपछि बैठक २४ माघसम्मका लागि स्थगित भएको जानकारी दिए ।
‘यस अघिदेखि शुक्रबार पनि सांसदहरूले बोल्नुभयो । उहाँहरूले बोल्ने क्रम सकिएको छ । तर मन्त्री, नेता, पदाधिकारीले बोल्ने क्रम अझै सकिएको छैन,’ घिमिरेले भने, ‘यसैले अर्को बैठक माघ २४ गते बस्नेगरी आजको बैठक स्थगित भएको छ ।’
बैठकमा सरकारले ल्याएका अध्यादेश, सरकारको काम कारबाहीसहितका विषयमा सांसदहरूले कुरा उठाएको जानकारी उनले दिए ।
कांग्रेसले आजदेखि शुरू हुने संसद् अधिवेशनमा प्रभावकारी भएर प्रस्तुत हुने तयारी गरेको छ ।