२३ असार २०८३, मंगलबार
प्रतिनिधिसभा बैठक

रास्वपा सांसदले बैठकमा अवरोध गरेपछि सभामुखले भने– अनुरोधले भएन आदेश गर्छु

माघ १८, २०८१
काठमाडौं
रास्वपा सांसदले बैठकमा अवरोध गरेपछि सभामुखले भने– अनुरोधले भएन आदेश गर्छु

प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका रहेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले बस्न आदेश दिएका छन् । 

शुक्रबार अधिवेशनको शुरूको बैठकमा रास्वपा सांसदले शुरूमै बोल्न माग गरेका थिए । तर, सभामुखले दलीय आधारमा छुट्याइएको समयमै बोल्न आग्रह गरे ।

रास्वपा सांसदलाई पटक-पटक बस्न आग्रह गर्दै अनुरोधले नभएको भन्दै बस्न आदेश दिएको घोषणा गरे । 

त्यसपछि पनि रास्वपा सांसदहरू नबसेपछि सभामुखले कार्यसूची अगाडि बढाउने बताएका छन् ।

रास्वपाका विराजभक्त श्रेष्ठ, सोविता गौतम, सन्तोष परियारलगायतले पहिला बोल्नका लागि समय दिन माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्