१६ असार २०८३, मंगलबार

लागुऔषध मुद्दामा २० वर्षदेखि फरार व्यक्ति पक्राउ

माघ १८, २०८१
काठमाडौं
लागुऔषध मुद्दामा २० वर्षदेखि फरार व्यक्ति पक्राउ

लागुऔषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

वीरगञ्ज महागरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पर्सा जिल्ला अदालतले रौनियारलाई २०६१ असार १३ गते लागुऔषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र १० हजार रूपैयाँ जरिवाना तोकेको थियो । उनी त्यसपछि फरार थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले उनलाई बिहीबार दिउँसो नगवाबाट पक्राउ गरिएको डीएसपी सुवास भट्टले बताए ।

पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा पर्सा प्रहरीको विशेष टोलीले दुई दिनको अवधिमा २४ हजार ३४७ जरिवाना तोकिएका १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालत पेश गरेको डीएसपी भट्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्