०६ साउन २०८३, बुधबार
संसद्को हिँउदे अधिवेशन

१५ मिनेट बहिष्कारपछि प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपा सांसद

माघ १८, २०८१
काठमाडौं
१५ मिनेट बहिष्कारपछि प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपा सांसद

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू बैठकमा फर्किएका छन् ।

संसद् अधिवेशन शुरू हुने दिन शुक्रबार आकस्मिक समयमा बोल्न नपाएपछि रास्वपा सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।

आफ्नो कुरा राख्न नपाएपछि १५ मिनेट सांकेतिक रूपमा बैठक बहिष्कार गरेको र त्यसपछि बैठकमा उपस्थित हुन लागेको रास्वपा सांसद सोविता गौतमले सञ्चारकर्मीलाई जानकारी दिइन् ।

बैठकमा सभामुख र रास्वपा सांसदहरूबीच लामो समय सवालजवाफ चलेको थियो । 

सभामुखले विरोधका बीच बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरू बैठक छाडेर हिँडेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्