०८ साउन २०८३, शुक्रबार

रास्वपालाई योगेशको आग्रह– सरकारलाई औँला उठाउनु पर्दैन, शिशिर खनाललाई सोध्नुस्

माघ १८, २०८१
काठमाडौं
रास्वपालाई योगेशको आग्रह– सरकारलाई औँला उठाउनु पर्दैन, शिशिर खनाललाई सोध्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा सरकारभन्दा आफ्ना सांसदसँग सोध्न सुझाव दिएका छन् । 

शुक्रबार प्रतिनिधिसभा अधिवेशनको पहिलो दिनको बैठकमा भट्टराईले संसद्‌बाट सर्वसम्मत स्वीकार गरेको प्रतिवेदन कार्यान्वयनमा प्रश्न उठाउनु गलत भएको बताएका हुन् । 

‘सहकारी ठगीबारे यही संसद्ले दिएको निर्देशन हो । भदौ ३१ को निर्देशनलाई सर्वसम्मत ढंगले एकमतले स्वीकार गरेका हौं,’ योगेशले भने, ‘सम्मानसाथ रास्वपा साथीहरूलाई भन्छु, तपाईंहरूले उठाएको मुद्दा सरकारलाई होइन शिशिर खनाललाई सोध्नुस् । यहाँ सरकारप्रति औँला उठाउनु पर्ने आवश्यकता देख्दिन ।’

संसद् बैठकको शुरूमा रास्वपा सांसदले सभापति रवि लामिछानेको विषयलाई लिएर बोल्न खोजेको थिए ।

salt training

कमेन्ट गर्नुहोस्