
नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा यादव घिमिरे निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रामहरि कार्की, सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष यादव घिमिरेले संघको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित सङ्गठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, टिस्यु पेपरको कच्चा पदार्थमा सरकारले लगाउँदै आएको अन्तः शुल्क हटाउन पहल गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र झाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै संघको अहिलेको समस्या र त्यसको समाधान गर्ने उपाय सुझाउँदै नेपाली टिस्यु पेपरहरू पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न पहल गर्न नवनिर्वाचित कमिटीलाई आग्रह गरेका थिए।
संघका निवर्तमान अध्यक्ष मनोज मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुशीलकुमार गोशाली र ईन्द्रबहादुर कार्की अतिथिका रूपमा उपस्थित थिए ।