२८ असार २०८३, आइतबार

जसपा नेपालको कार्यकारिणी समिति बैठक शनिबारदेखि

माघ १८, २०८१
काठमाडौं
जसपा नेपालको कार्यकारिणी समिति बैठक शनिबारदेखि

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ । केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बिहान ११ बजेदेखि शुरू हुने बैठक आइतबार पनि बस्नेछ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे  छलफल र करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’को वृहत् समीक्षा हुने अध्यक्ष यादवको सचिवालयले जनाएको छ । 

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पुस र माघ मसान्तसम्मका लागि अभियानको समयावधि थप गरेको थियो ।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आ-आफ्नो कार्यक्षेत्र अन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

मधेशकेन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सोबारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्