१९ असार २०८३, शुक्रबार

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न​​

माघ १८, २०८१
काठमाडौं
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न​​

रक्षामन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जगेर्ना गरी राष्ट्रिय एकतालाई थप मजबुत र बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध हुने बताएका छन् ।

महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी तालिम शिक्षालयमा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उनले भविष्यमा आउन सक्ने विपद्लगायत चुनौतीको सहज रूपले सामना गर्न आ–आफ्ना तर्फबाट भूमिका खेल्न आग्रह गरे । 

तालिममार्फत युवालाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक उत्पादन गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री राईले तालिमका क्रममा हासिल सैद्धान्तिक तथा व्यावहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्ने विश्वास व्यक्त गरे ।​ 

यसैबीच प्रधानसेनापति अशोकराज सिग्देलले नवलपरासीको हात्तिखोरस्थित मध्य तालिम शिक्षालयमा सञ्चालित तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै फरक भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवामा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना जागृत गराउन तालिम फलदायी रहँदै आएको उल्लेख गरे ।

null

null

salt training

कमेन्ट गर्नुहोस्