०२ साउन २०८३, शनिबार

लेबनानको आर्थिक सुधारमा विश्व बैङ्कको प्रतिबद्धता

माघ १८, २०८१
काठमाडौं
लेबनानको आर्थिक सुधारमा विश्व बैङ्कको प्रतिबद्धता

लेबनानका लागि संयुक्त राष्ट्रका मानवीय संयोजक इमरान रिजाले बिहीबार लेबनानका राष्ट्रपति जोसेफ आऊनसँगको भेटमा विश्व बैङ्क लेबनानलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

रिजाले लेबनानलाई आर्थिक सहयोग गर्न संयुक्त राष्ट्र सङ्घको तत्परता व्यक्त गरे ।

राष्ट्रपति जोसेफले यी प्रयासहरूलाई अगाडि बढाउन संयुक्त राष्ट्र सङ्घका संस्थाहरूसँग सहकार्य गर्न लेबनान इच्छुक रहेको बताए । 

बैठकमा लेबनानमा हालै इजरायली आक्रमणबाट भएको क्षतिका बारेमा पनि छलफल भएको थियो ।

रिजाले संयुक्त राष्ट्रसङ्घले गरेको विनाशको मूल्याङ्कनका आधारमा अमेरिकी डलर २५ करोडको आपतकालीन ऋण सुरक्षित गर्न सकिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्