१४ असार २०८३, आइतबार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

माघ १९, २०८१
काठमाडौं
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

 जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।  

बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।   बैठक आइतबारसम्म चल्ने  छ । 

उनका अनुसार पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्