
अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा एउटा सानो विमान दुर्घटना भएको छ । उडिरहेको विमान धेरै भवनमा ठोक्किएको बीबीसीले जनाएको छ । जसका कारण घर र सवारी साधनमा आगलागी भएको थियो । जमिनमा रहेका मानिसहरू पनि घाइते भएको समाचारमा उल्लेख छ ।
दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। विमानमा को-को सवार थिए वा कोही बाँचेको छ कि छैन भन्ने कुरा अझै थाहा भएको छैन ।
सीबीएस न्यूजका अनुसार यो विमान दुर्घटना रुजवेल्ट मलबाट केही टाढा भएको थियो । यो पेन्सिलभेनिया शहरको घना बस्ती भएको क्षेत्रमा अवस्थित छ ।
संघीय उड्डयन प्रशासनका अनुसार लियरजेट ५५ नामक विमानले उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट स्थानीय समय अनुसार साँझ ६:३० बजे उडान भरेको थियो । चार माइलभन्दा कम दूरीमा दुर्घटनाग्रस्त भएको हो ।
यसअघि गत बिहीबार वासिङटन डीसीमा अमेरिकन एयरलायन्सको विमान हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो ।