१५ असार २०८३, सोमबार

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

माघ १९, २०८१
जुम्ला
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ । 

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।

चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि उनी पुरिएकी हुन् । 

विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्