०९ साउन २०८३, शनिबार

पाकिस्तान आक्रमणः बलोच पृथकतावादी समूहले लियो जिम्मेवारी

माघ १९, २०८१
काठमाडौं
पाकिस्तान आक्रमणः बलोच पृथकतावादी समूहले लियो जिम्मेवारी

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा परी १८ अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका प्रहरी र सेनाले शनिबार जानकारी दिएका छन् ।

आक्रमणको बलोच पृथकतावादी समूहले जिम्मेवारी लिएको छ । 

 अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तानमा सुरक्षा फौजले दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, “निहत्था अर्धसैनिक अधिकारी बोकेको एउटा गाडीमा अफगानिस्तानको सीमा नजिकैको मङ्गोचर शहरनजिकै ७० देखि ८० जना सशस्त्र आक्रमणकारीले गोली चलाएका थिए।”

स्थानीय स्रोतबाट प्राप्त समाचारलाई पुष्टि गर्दै उनले भने, “रातभर भएको आक्रमणमा १८ अर्धसैनिक बलको मृत्यु भएको थियो ।”

अन्य तीन अर्धसैनिक अधिकारी गम्भीर घाइते भएका छन् भने दुई जना सकुशल बाँच्न सफल भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्