०५ असार २०८३, शुक्रबार

करेन्ट लागेर १ जनाको मृत्यु

माघ १९, २०८१
रौतहट
करेन्ट लागेर १ जनाको मृत्यु

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​ 

गरुडा नगरपालिका- ४ बस्ने २९ वर्षीय रामजी साहको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही नगरपालिका- १ जयनगरस्थित निर्माणाधीन सामुदायिक भवनको छतको नापी गर्न आएको गरुडा नगरपालिकामा कार्यरत साहलाई छतको छेउमा रहेको एघार हजार भोल्टको विद्युतीय तारबाट करेन्ट लागेको थियो ।​​

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि गण्डक अस्पताल वीरगञ्ज पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्