१३ असार २०८३, शनिबार

घरपरिवार र मायामोह त्यागेर महाकुम्भमा २०० पुरुष र २० महिला बने संन्यासी

माघ २०, २०८१
काठमाडौं
घरपरिवार र मायामोह त्यागेर महाकुम्भमा २०० पुरुष र २० महिला बने संन्यासी
फाइल तस्वीर

घर, परिवार र सुखसुविधाबाट मुक्त भएर थप २२० जना सन्यास लिएर नागा संन्यासी बनेका छन् । जसमा दुई सय पुरुष र २० महिला रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दैनिक जागरणको समाचारअनुसार पिण्ड दान र विजया हवन गरेर उनीहरूले सनातन धर्ममा आफ्नो जीवन समर्पित गरेका हुन्।

सन्यास लिनेहरूमा उत्तर प्रदेश, मध्य प्रदेश, पश्चिम बंगाल, छत्तीसगढ र बिहारका पुरुष र महिलाहरू छन् । महाकुम्भमा हालसम्म जुना अखाडामा ४ हजार ५ सय नागा संन्यासी र २१ सय ५० संन्यासी बनिसकेका छन् ।

अमृत स्नान ग्रहण गर्ने नयाँ नागा संन्यासीहरूको मनमा हर्ष र उत्साह देखिएको अखिल भारतीय अखडा परिषद्का महासचिव महन्त हरि गिरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्