अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमा एक पोस्टमा यो कुरा बताएका हुन्।
ट्रम्पले भने, 'दक्षिण अफ्रिकाले केही समूहका मानिसहरूलाई नराम्रो व्यवहार गरेर मानव अधिकार उलंघन गरिरहेको छ। यो एकदमै नराम्रो अवस्था हो ।'
उक्त देशले खुलेआम मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाउँदै उनले भने, 'अमेरिकाले यो सहने छैन र यसको विरुद्ध कारबाही गर्नेछ।'
पदभार ग्रहण गर्ने बित्तिकै धेरै देशहरूमा कर लगाउनुका साथै विदेशमा दिइने सहायता बन्द गरेका ट्रम्पले अफ्रिकालाई दिइने सहयोग समेत रोक्ने चेतावनी दिएका हुन् ।
यसअघि ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा २५ प्रतिशत भन्सार लगाएका थिए।
अमेरिकी सरकारको तथ्याङ्क अनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलरको सहायता दिएको थियो।