३१ असार २०८३, बुधबार

राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुँदै

माघ २१, २०८१
काठमाडौं
राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुँदै

राजधानीका विभिन्न स्थानमा आजदेखि ८ दिनसम्म विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । 

 प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका तोकिएका स्थानमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको हो । 

जसअनुसार आज भत्केको पुल (चाबहिल) वरिपरीका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्