
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन् । दुवै देशबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका ट्रम्पले सोमबार दुवै देशसँग वार्ता गर्ने बताएका हुन् ।
ट्रम्पले आइतवार क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने घोषणा गरेका थिए । सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करबारे कुरा गर्ने उनको भनाइ छ । अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको शुल्क मंगलबार रातिदेखि लागू हुनेछ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले प्रतिक्रियास्वरूप अमेरिकामा कर लगाउने कुरा गरेका थिए ।