
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ ।
बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले शुरू गर्ने अभियानसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय भएको थियो ।
तर, अहिलेसम्म टुंगिएको छैन ।