२५ जेठ २०८३, सोमबार

मंगलबार तीन प्रदेशमा पानी र हिउँ पर्ने सम्भावना

माघ २१, २०८१
काठमाडौं
मंगलबार तीन प्रदेशमा पानी र हिउँ पर्ने सम्भावना

भोलि मंगलबार देशका तीन प्रदेशमा हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ।

यस्तै, लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक-दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । 

बाँकी प्रदेशमा कतै-कतै बादल लागे पनि मौसम मुख्यतया सफा हुने सम्भावना रहेको बताइएको छ । 

विभागका अनुसार बुधबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँहरूमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ।

पहाडी क्षेत्रहरूमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा नै रहने सम्भावना रहेको विभागले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्