२३ जेठ २०८३, शनिबार

‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ : ​सेरेस र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्री

माघ २१, २०८१
चितवन
‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ : ​सेरेस र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्री

​​नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ शुरू गरेको छ ।​ 

एमएडब्लू वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रेसोटमा २१ माघदेखि २३ माघ सम्म  तीन दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गरेको हो ।​ 

यो मेलामा ईभी किन्न चाहने चितवनका ग्राहकले  सेरेस र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्री पाउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्