०६ साउन २०८३, बुधबार

क्यानडा र मेक्सिकोमा आयातकर लगाउने ट्रम्पको निर्णय एक महिनालाई स्थगित

माघ २२, २०८१
काठमाडौं
क्यानडा र मेक्सिकोमा आयातकर लगाउने ट्रम्पको निर्णय एक महिनालाई स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गरेका छन् । 

मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थको तस्करीलाई रोक्न विभिन्न उपाय अपनाउन सहमति जनाएपछि कर लगाउने प्रस्तावलाई एक महिनापछि धकेलिएको बीबीसीले जनाएको छ ।

मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएको छ भने क्यानडाले लागूऔषधको समस्यालाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने बताएको छ ।

यस्तै मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सीमित गर्न अमेरिकासमेतले प्रतिबद्धता जनाएको खबरमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्