०४ असार २०८३, बिहीबार

एकता महाधिवेशनका लागि घलेले बनाए मूल आयोजक समिति

माघ २२, २०८१
काठमाडौं
एकता महाधिवेशनका लागि घलेले बनाए मूल आयोजक समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन भन्दै पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।  

उच्चस्तरीय समितिको सातौँ बैठकले विभिन्न समितिहरू पनि बनाउने निर्णय गरेको सदस्य बिनोद कुँवरले बताए । उनका अनुसार कुल आचार्यको नेतृत्वमा आर्थिक, कुँवरको नेतृत्वमा एनसीसी अधिवेशन समन्वय समिति, जानकी गुरुङको नेतृत्वमा डेलिगेट्स मेम्बरसिप र रविना थापाको नेतृत्वमा प्रचार प्रसार र विधान समिति बनाइएको छ ।

यस्तै सबै पक्षसँग एकताका लागि जीवा लामिछानेसहितको अर्को समन्वय समितिसहितका विभिन्न समितिहरु बनाइएको कुँवरले बताए । सबै पक्षबीच सहमति नभएपनि घलेले आगामी मेमा एकताको महाधिवेशन गर्ने समितिमार्फत निर्णय गरिसकेका छन् । 

विशेषगरी एनआरएनएको विवादमा गत चैत २१ मा सर्वोच्चले एकता महाधिवेशन गर्न फैसलापछि अर्को पक्ष आफूहरुलाई काम गर्न रोक लगाउने परराष्ट्रको चैत अन्तिम साताको पत्राचारविरुद्ध सर्वोच्च गएको थियो । जसअनुसार सर्वोच्चले ११ औँ महाधिवेशनबाट नेतृत्वमा आएका बद्री केसी नेतृत्वको एनआरएनएलाई काम गर्न गत साउनमा बाटो खुला गरेको थियो ।

सोही फैसलापछि केसी पक्षले आफूहरूले आधिकारिकता पाएको भन्दै घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएको छ । यस्तो अवस्थामा घलेले एकताको महाधिवेशनको मिति घोषणा गरेसँगै केही अन्योलता समेत उत्पन्न भएको छ । यस्तै केसीले पनि आगामी अक्टोबरमा महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्