२३ असार २०८३, मंगलबार

एक वर्षमा टेलिकमको खुद मुनाफा ६ अर्ब, टुजी सेवा बन्द गरिँदै

माघ २२, २०८१
काठमाडौं
एक वर्षमा टेलिकमको खुद मुनाफा ६ अर्ब, टुजी सेवा बन्द गरिँदै

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा टेलिकम ६ अर्ब २३ करोड खुद मुनाफामा रहेको हो ।

यस वर्षभरी कम्पनीको कूल आय ४२ अर्ब ११ करोड रहेको छ भने खुद मुनाफा ६ अर्ब २३ करोड रहेको छ । जुन अघिल्लो वर्षको तुलामा केही कम रहेको कम्पनीले जनाएको छ । समग्र अर्थतन्त्रका सूचकांक नकारात्मक रहेको अवस्थामा कम्पनीले भने मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आयआर्जन गरिसकेको छ ।  

मंगलबार टेलिकमले वार्षिकोत्सवको अवसरमा ई-सिम नेपाल टेलिकम एप र वेबसाइटमार्फत लिन सकिने घोषणा समेत गरिएको छ।

यसका साथै टेलिकमले चालु आर्थिक वर्षभित्र टुजी सेवा बन्द गर्ने भएको छ । यही आर्थिक वर्ष भित्रमा १८०० मेगाहर्जको टुजी सेवा बन्द गरिने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्