११ असार २०८३, बिहीबार

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक

माघ २२, २०८१
कास्की
युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताएका छन् । 

पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ विटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताएका हुन् । 

मन्त्री लेखकले लागुऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताए । 

पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रव््द्धनमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्