१० साउन २०८३, आइतबार

राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवल विजयी

माघ २२, २०८१
कैलाली
राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवल विजयी

 धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा न्यू होराइजन बुटवल विजयी भएको छ । 

बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एकसय ५७ रनको योगफल बनाएको थियो । होराइजनका लागि दीपक डुम्रेले ४५ रन बनाए । यस्तै आरिफ खानले ४१, कप्तान दिलीप नाथ र प्रतीक श्रेष्ठले समान २० रन जोडे । बलिङतर्फ दशरथका लागि कप्तान भुवन कार्कीले दुई, खडक बोहरा, सलाउदिन खानले र रूपेसले एक/एक विकेट लिए ।

एकसय ५८ रनको विजयी लक्ष्य पछ्याएको दशरथचन्द एकेडेमी १४ दशमलव पाँच ओभर खेलेर एकसय छ रनमै समेटिन पुग्यो । दशरथका लागि वसन्त खत्रीले २० रन जोडे । हिमाल दौल्यालले १९, सुमित बुडालले १४ र दिवान पुनले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 
  
बलिङतर्फ तुलबहादुर थापाले तीन, विपर्सन केसी र बीर मगरले दुई/दुई, महेश भार, सिद्धान्त शाही र निर्मल गुरूङले एक÷एक विकेट लिए । लगातार दुई हार बेहोर्न पुगेको दशरथ चन्द क्रिकेट एकेडेमी बैतडी प्रतियोगिताबाट बाहिरिएको छ । आजको जितसँगै न्यू होराइजन बुटवल दुई अङ्क सुरक्षित गरेको छ । 

तीन विकेट लिएका बुटवलका तुलबहादुर थापा नवजीवन सहकारी संस्था ‘प्लेयर अफ द म्याच’ घोषित भई रू दश हजारसहित ट्रफी पाए । 

salt training

कमेन्ट गर्नुहोस्