०८ साउन २०८३, शुक्रबार

आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी

माघ २२, २०८१
काठमाडौं
आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि राजधानी बाहिरको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रियअन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । 

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लब क्वाटर फाइनलमा पुग्न सफल भयो । पुलिसका उज्ज्वल राईले खेलको ३६ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । राईले कर्नरमा प्राप्त भएको बललाई सदुपयोग गर्दै गोल गर्न सफल भए । पुलिससँगको हारपछि आयोजक सहारा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ । 

यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

प्रतियोगिता उद्घाटनका अवसरमा सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान नेपाली टोलीका रक्षक सनिष श्रेष्ठलाई प्रदान गरिएको थियो ।  महानगर प्रमुख आचार्यले नगद रु ५० हजार पाँच सय पाँच  र सम्मानपत्रबाट उनलाई सम्मान गरे । 

salt training

कमेन्ट गर्नुहोस्