
क्रान्तिकारी कम्युनिस्ट पार्टीका केही नेता कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।
यसरी प्रवेश गर्नेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य एव पूर्व काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, प्रदेश सचिवालय सदस्यहरू प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्वजिल्ला सदस्यहरू दाबा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल विकास केसी, इन्द्र राई, आशा रानालगायत छन् ।
उनीहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरू ध्रुवीकरण हुँदै जानु सकारात्मक भएको बताए । उनले अहिले देशव्यापी रूपमा माओवादी प्रवेशको लहर चलेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरूबीच ध्रुवीकरण हुँदै जाने बताए ।
क्रान्तिका उपलब्धि संस्थागत गर्दै समाजवादी क्रान्तिमा अघि बढ्न सबै क्रान्तिकारी एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ ।