०५ असार २०८३, शुक्रबार

सामाजिक सञ्जाल विधयेकविरुद्ध संघले आन्दोलन गर्ने

माघ २४, २०८१
काठमाडौं
सामाजिक सञ्जाल विधयेकविरुद्ध संघले आन्दोलन गर्ने

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाईन टिभी पत्रकार संघले आन्दोलनको घोषणा गरेको छ । 

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाईन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । 

संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाईन टिभीकर्मीहरुको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनै पर्ने निश्कर्ष निकालेको छ । 

अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विक्रिती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहर छ । 

विधेयकका कतिपय व्यवस्थाले आफूहरुको पेशा मात्रै संकटमा नपारी आलोचना र खवरदारी गर्ने नागरिक अधिकार समेत खोस्ने संघको दावी छ । संघले नागरिक अधिकार नै कुन्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिकहरु पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ । 

संघले गलत व्याख्या भएर दुरुपयोग हुने व्यवस्थाहरुलाई हटाउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने तय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्