३० असार २०८३, मंगलबार

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा भोलिदेखि फ्लड लाइट जडानको काम शुरू हुँदै

माघ २५, २०८१
बुटवल
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा भोलिदेखि फ्लड लाइट जडानको काम शुरू हुँदै

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम भोलिदेखि स्टेडियममा फ्लड लाइट जडानको काम शुरू हुँदैछ । स्टेडियमका निर्देशक विनोद कुँवरले  शुक्रवार बिहान खेलकुद पत्रकार मञ्च रुन्देहीले आयोजना पत्रकार सम्मेलन मा बोल्दै शनिबारदेखि लाइट जडान शुरू हुने जानकारी दिए ।

नेपालमै पहिलो पटक रातिमा खेल्न मिल्नेगर लाइट जडान हुने उनले बताए । लाइट जडान गर्न मात्र करिब ६ करोड लगानी लाग्ने उनको भनाइ छ । २०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियम ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्‌घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजनागरी भव्यतापूर्वक सम्पन्न सकेको छ ।

अबको एक महिनाभित्र फ्लड लाइट पूर्णरूपमा जडान भई डे नाइट म्याच खेलाउन सकिने कुँवरले बताए । 

यो मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भैसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । 

भारतबाट पनि केही क्लब स्तरीय टीम आएर खेलेको उनले बताए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भैरहेको उनको भनाइ छ । 

'मैदानका साथसाथै अरू भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ। चार-चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स चेजिङ रुम र मिडिया बक्ससहित बनाइरहेका छौं । अहिले तेस्रो तलाको काम भैरहेको छ तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा हामी छौं,' उनले भने, 'यसपछि हामी प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने छौं ।'

 

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो । 

विदेशमा बसोबास गर्दै आएका विनोदले देशमै केही गर्नुपर्छ भनेर क्रिकेट क्षेत्रमा ठूलो लगानी गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्