
दिल्ली विधानसभा चुनावको नतिजा केही समयपछि आउन थाल्ने भएको छ। फेब्रुअरी ५ मा ७० सिटका लागि ६०.५४% मतदान भएको थियो।
मतदान पछि १४ वटा एक्जिट पोलहरू जारी गरिएको छ। जसमा भाजपाले १२ निर्वाचन क्षेत्रमा र केजरीवालले २ निर्वाचन क्षेत्रमा सरकार बनाउने भविष्यवाणी गरिएको समाचारमा जनाइएको छ ।
यदि भाजपाले सरकार बनायो भने २७ वर्षपछि फेरि सत्तामा फर्कनेछ। यसअघि १९९३ मा भाजपाले ४९ सिट जितेको थियो र ५ वर्षमा ३ जना मुख्यमन्त्री बनाएको थियो। मदनलाल खुराना, साहिब सिंह वर्मा र सुषमा स्वराज त्यतिबेला मुख्यमन्त्री बनेका थिए ।
त्यस्तै, २०२० मा केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बने, तर मदिरा घोटालामा जेलबाट बाहिर आएपछि राजीनामा दिए। उनी ४ वर्ष ७ महिना ६ दिनसम्म मुख्यमन्त्री रहे। यसपछि आतिशी मुख्यमन्त्री बनिन्।
दिल्लीका मुख्य निर्वाचन अधिकृत (सीईओ) एलिस वाजका अनुसार मतगणनाको अनुगमन गर्न ५,००० जनाको टोली खटाइएको छ । निषपक्ष गणना प्रक्रियाको लागि आवश्यक व्यवस्था गरिएको बताइएको छ ।