२४ असार २०८३, बुधबार

समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि, ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने

माघ २६, २०८१
काठमाडौं
समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि, ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने
फाइल फोटो

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले  आइतबारदेखि शुरू हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिए ।

उक्त पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरूप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ ।

साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । 

नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्