१३ असार २०८३, शनिबार

पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण

माघ २६, २०८१
काठमाडौं
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण

विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थालेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गरेका छन् ।

अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको बिहीबार (यही फेब्रुअरी ६ तारिख) सफलतापूर्वक आरोहण गरेको पाण्डेले आज जानकारी दिए। आरोहणपछि त्यहाँबाट उनले आरोहण गरेको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् । 
सातै महादेशका उच्च शिखरहरुको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्