१६ असार २०८३, मंगलबार

एआईजी रवीन्द्र केसीले दिए राजीनामा

माघ २७, २०८१
काठमाडौं
एआईजी रवीन्द्र केसीले दिए राजीनामा
प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा पदभार ग्रहण गर्ने क्रममा एआईजी रवीन्द्र केसी।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आउँदो चैत ५ गतेसम्म सेवा अवधि रहेका उनले राजीनामा दिएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार एआईजी केसीले शुक्रबार नै राजीनामा बुझाइसकेका छन् । उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । 

एआईजी केसी हालका प्रहरी प्रमुख, आईजीपी बसन्तबहादुर कुँवरकै ब्याजी हुन् ।

उनको राजीनामा पत्र अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् ।

सामान्यतया: सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने प्रचलन छ । भोलि सोमबार मन्त्रिपरिषद् बैठक बसेमा भोलि नै उनको राजीनामा बैठकमा पेस हुनेछ । 

गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्