०५ असार २०८३, शुक्रबार

फेरि साँखु फर्किए माधवनारायणका व्रतालु

माघ २८, २०८१
काठमाडौं
फेरि साँखु फर्किए माधवनारायणका व्रतालु

चाँगुनारायणको परदेश यात्रामा निस्केका साँखुस्थित शालीनदी माधवनारायणको एक महिने व्रत गरिरहेका व्रतालु स्नान, पूजा आराधनागरी फेरि साँखु फर्किएका छन् । 

प्रत्येक वर्ष माघशुक्ल द्वादशीका दिन व्रतालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ । 

यसका लागि माघशुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायणको यात्रा गर्ने व्रतविधि छ । 

माघशुक्ल एकादशीको रात व्रतालु चाँगुनारायणमा नै बास बसेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्