
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार जनकपुर पुगेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड महोत्तरीको बर्दिबास नगरपालिका- ३ स्थित आधारशिला कम्युनको २२औं वार्षिकोत्सवमा सहभागी बन्नेछन् ।
साथै उनले मधेश प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।