१५ असार २०८३, सोमबार

उपेन्द्र यादव सरकारमा सहभागी हुने सम्भावना देख्दिन– प्रचण्ड

माघ २८, २०८१
काठमाडौं
उपेन्द्र यादव सरकारमा सहभागी हुने सम्भावना देख्दिन– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने सम्भावना कम रहेको दाबी गरेका छन् । उपेन्द्र सरकारमा सहभागी नभए अध्यादेश पनि पारित नहुने उनले जिकिर गरे । 

जनकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव सरकारमा जाने सम्भावना आफूले नदेखेको बताएका हुन् । ‘आफ्नो एजेन्डा छाडेर उपेन्द्रजी सरकारमा जानुहुन्छ जस्तो लाग्दैन । उहाँले अडान छाड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित हुँदैन,’ प्रचण्डले भने । 

फरक प्रसंगमा प्रचण्डले केपी ओली नेतृत्वको सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने टिप्पणी गरे । ‘यो सरकार जनताको पक्षमा सुशासनको पक्षमा बनेको होइन । संविधान मिचेर बनेको सरकार हो, मैले संविधानको धारा ७६ (२) अनुसार विश्वासको मत पाउन नसकेपछि सिधै ३ मा गएर ठूलो दलको सरकार बन्नु पर्ने हो, तर संविधान मिचेर सरकार बनाइयो,’ प्रचण्डले भने । 

महोत्तरीमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन प्रचण्ड सोमबार बिहानै जनकपुर पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्