०६ असार २०८३, शनिबार

१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

माघ २८, २०८१
काठमाडौं
१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

नुवाकोटमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तार्केश्वर गाउँपालिका-१ जब्बरे बस्ने १९ वर्षीय राजकुमार दमाई रहेका छन् । प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको छ । 

राजकुमारले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दानसिंहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्