२२ असार २०८३, सोमबार

नुवाकोटमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

माघ २९, २०८१
नुवाकोट
नुवाकोटमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

नुवाकोटमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौंबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रो बसले जिल्लाको लिखु गाउँपालिका–५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका–५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया–५ का २५ वर्षीय प्रमोद थापा उपचार भइरहेको छ । 

माइक्रोबसका चालक विदुर नगरपालिका–४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्