२३ असार २०८३, मंगलबार

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

माघ २९, २०८१
विराटनगर
छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

सुनसरी र पाँचथरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

माघ २८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- १ स्थितमा प्रदेश १-०२-००२ च ५४७९ नम्बरको पिलअप भ्यानले प्रदेश १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक धनकुटा शहीदभूमी गाउँपालिका- १ का २५ वर्षीय सुमन राईको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

ठक्कर दिने पिकअप चालक उदयपुर बेलका नगरपालिका- ३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।

यस्तै, पाँचथरको याङबरक गाउँपालिका- २ स्थित मे १ त ६८९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ ।

दुर्घटना ट्याक्टर चालक याङबरक गाउँपालिका- १ का २७ वर्षीय दिनेश चौहानको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्