०७ असार २०८३, आइतबार

राजदूत वलीलाई गणतन्त्र लाओसको पनि जिम्मेवारी

माघ २९, २०८१
काठमाडौं
राजदूत वलीलाई गणतन्त्र लाओसको पनि जिम्मेवारी
फाइल फोटो

थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वली जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसको गैरआवासीय राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा आज नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

null

कमेन्ट गर्नुहोस्